मनहरीमा आक्रमण गर्न गएको बाघलाई भैंसीको प्रतिकार, बाघको मृत्यु, भैंसी घाइते मकवानपुर मनहरी , भदौ ६ गते २०८१ मकवानपुरको मनहरीमा आक्रमण गर्न गएको बाघलाई भैंसीले प्रतिकार गर्नेक्रममा बाघकै मृत्यु भएको छ । भैंसी भने घाइते भएको छ । आज बिहान ५ः१५ बजेको समयमा मनहरी गाउँपालिका–६ प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा रहेको भैंसीलाई चितवन राष्ट्रिय निकुञ्जको बाघले आक्रमण गरेको थियो । भैंसीले प्रतिकार गर्ने क्रममा बाघको मृत्यु भएको स्थानीयले बताएका छन् । यस्तो घटना पहिलो भएको लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोले जानकारी दिनुभएको छ । बाघको मुचुल्का गरेर सौराहा ल्याउँदै छ । स्याङबोका अनुसार बाघको शरिरमा चोट देखिएको छैन । भैंसीको शरिरभरी घाउैघाउ छ । गोठमा बाँधेको भैसीको आक्रमणबाट हो या अन्य कारणबाट बाघको मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ थप विवरण आउन बाँकी ।
मकवानपुर ।मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७ बिथलीमा २०८० फागुन २९ गते मंगलबार दुई घर जलेर नष्ट भएको जनाएको छ । स्थानीय इमानसिङ प्रजा र प्रतापसिङ प्रजाको खर र काठले बनेको दुई कोठे एक तले कच्चि घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार इमानसिङको घरमा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा प्रतापसिङको पनि घर जलेर नष्ट भएको जनाएको छ । आगलागीबाट मानविय तथा पशु चौपायाँको क्षति भएको छैन भने दुई घर, घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडाकुडा लगायतका सामग्री नष्ट हुँदा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नोट :-[हामीले यो खबर Nawayog.com(नवयुग )online खबरबाट साभार गरिए हो ]